रामेछाप उमाकुण्डकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

रामेछाप उमाकुण्डकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

रामेछापको उमाकुण्ड गाउँपालिकाका एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उमाकुण्ड गाउँपालिका–२ बाम्ती निवासी मेनुका कार्कीलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । कार्कीलाई हेलिकप्टर मार्फत निशुल्क उद्धार गरेर काठमाडौं पठाइएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत पहिलो पटक कार्कीलाई हेलिकप्टरबाट उद्धार गरिएको अध्यक्ष सुनुवारले बताउनुभयो । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको समन्वयमा गर्भवती महिलाको उद्धार गरिएको हो । हेलिकप्टर मार्फत कार्कीलाई थप उपचारका लागि प्रसुति गृह थापाथलि काठमाडौं पठाइएको अध्यक्ष सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार