लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का छुटे

लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का छुटे

सम्पत्ती सुद्धिकरण मुद्धामा पक्राउ परेका रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्का धरौटीमा आइतबार थुनामुक्त भएका छन् । यसअघि जर्बजस्ती करणी उद्योगको आरोपमा कारागारमा रहेका अध्यक्ष खड्कालाई उच्च अदालत पाटनले ५ लाख धरौटी रकम मात्रै लिएर थुनामुक्त गर्न दिएको आदेशपछि शुक्रबार जिल्ला अदालत रामेछापबाट रिहा भएका अध्यक्ष खड्कालाई सोही दिन पुनः प्रहरीले पक्राउ गरि हिरासतमा लिएको थियो । प्रहरीको हिरासतमा रहेका खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार सम्पत्ति सुद्धिकरण विभाग ललितपुर पठाएको थियो । सम्पत्ती सुद्धिकरण विभागले आइतवार नै अध्यक्ष खड्कासँग बयान लिएको थियो । विभागले अध्यक्ष खड्कासँग बयान पछि १० लाख रुपैयाँ धरौटी रकम माग गरेको थियो । अध्यक्ष खड्काका परिवारले सम्पत्ती सुद्धिकरण विभागले माग गरेको रकम जम्मा गरे लगत्तै खड्का छुट्नुभएको हो । सम्पत्ती सुद्धिकरण विभागवाट धरौटी रकम राखेर छुटेपछि अध्यक्ष खड्का अहिले आफ्नै काठमाण्डौंको घरमा बस्नुभएको छ । केही दिन घरमै बसेर आफ्नो घरायसी व्यवहार मिलाएर दुई÷चार दिनभित्रै गाउँपालिकामा आएर गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार