रामेछापका १६२ जना सङ्क्रमितले जिते कोरोना, २५ जना आईसोलेसनमा

रामेछापका १६२ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १८७ जनामा कोरोना सङ्क्रमन भएकोमा १६२ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्लामा २५ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । अहिले मन्थली नगरपालिकामा […]

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खर्च गर्न थप ३ अर्ब निकासा

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खर्च गर्नका लागि सशर्त अनुदान स्वरुप थप ३ अर्ब रुपैयाँस्थानीय तहलाई पठाएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ का लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराउन यो रकम स्थानीय तहमा पठाइएको श्रम, रोजगार तथा समाजिक […]

बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले पठायो ५६९ पालिकामा ३ अर्ब अनुदान

बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले ५६९ पालिकामा ३ अर्ब रुपैयाँ रकम सशर्त अनुदान पठाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई रोजगारी दिन सशर्त अनुदान पठाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिले पारिश्रमिकमा आधारित सामुदायिक […]

आज काग तिहार मनाइँदै

आज काग तिहार र धनतेरस मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा कागलाई मीठो मीठो खानेकुरा खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज काग तिहार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा.रामचन्द्र गौतमले बताउनुभयो । कागलाई सन्देशवाहकका रुपमा पूजा गर्ने गरिन्छ । यस अवसरमा […]

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदै

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । आज बेलुकी यमदीपदान सुरु हुनेछ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते भोलि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार तिथिको घटबढका कारण यो वर्ष यस्तो भएको हो । ‘सायंकालमा […]

रामेछापमा प्लाष्टिक मालाको ब्यापार फष्टाउदै

पछिल्लो समय स्थानीय स्तरमा उत्पादन हुने परम्परागत फूलहरु लोप हुदै गएका छन् । देख्दा राम्रो र किन्दा सस्तो पर्ने भएपछी रामेछापमा पलाष्टिकका मालाहरु भित्रिन थालेका हुन । तिहार नजिकिदै गर्दा सदरमुकाम मन्थली , रामेछाप बजार लगायत स्थानीय हाटबजार क्षेत्रमा रहेका पसलहरुमा प्लास्टिकका फूलमालाले पसलहरु भरिपुर्ण देखिन्छन् । रामेछापका स्थानीय स्तरमा पूmलहरु उत्पादन भएपनी स्थानीय उत्पादनका […]

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनको आग्रह

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनले आग्रह गरेको छ । जिल्ला भित्र कोभिड १९ को संक्रमणलाई मध्यनजर गरि तिहारको अवसरमा जिल्लाका कुनैपनि स्थानमा मानिसहरु जम्मा भई देउसी भैलो खेल्ने तथा नाचगान गर्ने कार्यलाई पुर्ण निषेध गरिएको प्रशासनले जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सुचना जारी गर्दै पटका पड्काउने, जुवातास खेल्ने […]

रामेछाप मन्थलीमा भ्यान दुर्घटना,चालकको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ एकलेबर भन्ने ठाउँमा डिब्बा भ्यान दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मंगलबार राति १२ बजे दोलखाबाट तरकारी,फलपूुल, लिएर ओखलढुङ्गातर्फ जादै गरेको प्रदेश ३–०१–००६ ख ३२० नम्बरको भ्यान दुर्घटना हुँदा चालक उदयपुरका प्रदिप कार्कीको ज्यान गएको हो । भ्यान सडकबाट करिव ५० मिटर तल खस्दा चालक उदयपुर कटारी […]

रामेछापका थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा थप आठ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक २४ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको रामेछापका २४ जनाको स्वाबमध्ये आठ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाका अनुसार मंगलबार राति आएको स्वाब […]

दलित परिवारमा सुनापति गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने

रामेछापको सुनापति गाउँपालिकाले दलित परिवाजनका लागि निःशुल्य स्वास्थ्य विमा सञ्चालन गरेको छ । गत आर्थिक वर्ष २०७६र०७७ देखि सञ्चालनमा ल्याएको दलित घर परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई पालिकाले चालु आर्थिक वर्ष पनि निरन्तरता दिएको हो । पालिकाले प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तिरेर विमा गरेको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । […]