रामेछाप नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु

रामेछाप नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन हुने तयारी कक्षामा नगरपालिकाका ५० जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका छन । यस अघि नगरका ९ वटै वडाहरुमा पुगेर लोकसेवाको अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको नगरपालिकाले अहिले सोहि अभिमुखिकरण कार्यक्रममा सहभागी भएकाहरुलाई परीक्षा लिएर उक्त परीक्षा पास गर्ने ५० जनाभन्दा बढी युवायुवतीहरुलाई निशुुल्क नायव सुब्बा र खरिदार पदको लागी तयारी गराएको छ ।

१५ दिने निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको उद्धघाटन गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नगरपालिकाले नगरका युवायुवतीहरुलाई लक्षित गरी जिल्लामै पहिलो पटक आफनो पहलमा नायव सुब्बा र खरिदार पदको तयारी कक्षा सन्चालन गराउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । नगरपालिकाका धेरै युवायुवतीहरुले नायव सुब्बा र खरिदार पदमा नाम निकाल्न सकुन र नगरपालिकाको शिर माथि उठोस भनेर आफुले पहिलेदेखि देखेको सपना पुरा हुनेमा यो तयारी कक्षाले निकै महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो । तयारी कक्षामा सहभागीहरुलाई यो अवसरको राम्रोसँग सदुपयोग गरेर त्यहि अनुसार आफुले बढिभन्दा बढी तयारी गर्न उपप्रमुख खड्काले आग्रह गर्नुभयो ।

रामेछाप नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले सरकारी सेवामा केही गरौँ भन्ने भावना बोकेका युवाहरुलाई आफुहरुले बाटो देखाउने काम गरेको र त्यो बाटोमा सहि ढंगले हिँडेर सफल हुन तयारी कक्षामा सहभागीहरुलाई आग्रह गर्नुभयो । नायव सुब्बाको तयारी गरिरहनु भएका रामेछाप नगरपालिका ८ का रिता मगरले आफु जस्ता धेरै लोकसेवाका तयारी गरिरहेका विद्यार्थीहरुलाई नगरपालिकाले निशुल्क रुपमा १५ दिने तयारी कक्षा सन्चालन गरेकोमा असाध्यै खुशी लागेको बताउनुभयो । यो कक्षामा सिकेका कुराहरुलाई आफुले रातदिन मेहनत गरेर एकदिन आवश्य पनि सफलता चुम्ने बताउन्ुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार