रामेछाप नगरपालिकामा आधुनिक उत्पादनमुखी विकास बारे २ दिने तालिम सम्पन्न

रामेछाप नगरपालिकामा आधुनिक उत्पादनमुखी विकास बारे २ दिने तालिम सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा हिजोदेखी सुरु भएको आधु्निक उत्पादनमुखी विकास अवधारणा,मोडल र भुमिका सम्बन्धि २ दिने तालिम आज सम्पन्न भएको छ । तालिममा विकासमा आधुनिक मोडलहरुको पद्धती,तरिका,विकासलाई उत्पादनसँग कसरी जोड्न सकिन्छ लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराइएको रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले जानकारी दिनुभयो । २ दिनसम्म सन्चालन भएको तालिममा नगरपालिकाका ९ वटै वडाहरुबाट वडा मेलमिलापकर्ता संयोजक र केही वडाहरुबाट समाजसेवी,बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो । आधुनिक उत्पादन,विकासको अवधारण,उत्पादन मुलक विकास र क्षेत्रहरुको बारेमा सहभागीलाई प्रशिक्षकहरु नवराज थापा क्षेत्री र सुशिलराज गिरीले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार