आहा !! मेरो रामेछाप सुन्दर रामेछाप (कविता)

आहा !! मेरो रामेछाप सुन्दर रामेछाप (कविता)

सुन्दर शान्त हराभरा मेरो रामेछाप ।
तिनलालको जन्मभुमि मेरो रामेछाप ,
आठ वटा स्थानिय तह हाम्रो रामेछाप ,
पाँच पोखरी जट्टा पोखरी सुन्दर रामेछाप ।।

सुनापति ,खाँडादेवि हाम्रो रामेछाप ,
गोकुलगंगा ,उमाकुण्ड राम्रो रामेछाप ,
लिखु , दोरम्बा, मन्थली , रामेछाप
६ गाउँपालिका २ वटा नगरपालिका हाम्रो रामेछाप

प्रकृतिको सुन्दर फुल मेरो रामेछाप ।
सबै भन्छन घुम्न जाउँ प्यारो रामेछाप ।
थानापति दर्शन गरे पुग्छ कामना  …..
डडुवाको शैलङु घुम्ने सबको चाहना ….।

तामाकोशी सलल..बग्छ रामेछाप ,
बहुल,जाति भाष धर्म मेरो रामेछाप ।
कृषि,पशु,व्यापारमा अगाडि रामेछाप ,
स्वादेशि र विदेशि आउँछन घुम्न रामेछाप ।।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार