रामेछापको ठोसेमा आगलागीमा परेर एक जनाको मृत्यु

रामेछापको ठोसेमा आगलागीमा परेर एक जनाको मृत्यु

रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर २ ठोसे स्थित चौरपातलका किपाले शेर्पाको घरमा गएराती आगलागी हुँदा एकजनाको जलेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार किपा शेर्पाकी ८० वर्षकी आमा पासाङ लेगी शेर्पाको आगोमा जलेर ज्यान गएको हो । ढुङ्गामाटोले बनेको शेर्पाको एक तले घरमा रहेको भान्सामा बालेको आगो सल्कँदा घर जलेर नष्ट भएको हो । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारका अनुसार दुई ओटा घरमा आगलागी हुँदा मानविय क्षतिसँगै लाखौँको धनमाल जलेर नष्ट भएको छ । मृतकका परिवारलाई गाउँपालिकाले ५० हजार नगद सहित खाद्यन्न र लत्ताकपडा सहयोग गर्ने अध्यक्ष सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार