रामेछाप नगरपालिकामा न्यायिक समितीको काम प्रभावकारी

रामेछाप नगरपालिकामा न्यायिक समितीको काम प्रभावकारी

रामेछाप नगरपालिकामा उपमेयर सृजना खड्काको संयोजकत्वमा न्यायिक समिती बनेदेखिहालसम्म साना मुद्दाहरु स्थानिय तहमा नै मिल्ने गरेका छन् । जिल्ला अदालत रामेछापका अनुसार न्यायिक समीती गठन पश्चात रामेछाप नगरपालिकाबाट अदालतमा जाने मुद्दाको संख्या समेत घटेको छ । स्थानिय स्तरमानै बिना पैसा मुद्दाहरु मिल्न थालेपछी साना मुद्दाहरुमा जनताहरु अदालत धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन । रामेछाप नगरपालिकामा न्यायिक समिति र वडा वडामा गठित मेलमिलाप केन्द्रहरुले गरेका कामहरु प्रभावकारी वन्दै गएको छ । न्यायिक समीती गठन भएदेखि हालसम्मको अवधिमा १ सय २० वटा मुद्दाहरु माथि मिलापत्र भएको रामेछाप नगरपालिकाका उपप्रमुख एवम न्यायिक समितीका संयोजक सृजना खड्काले बताउनुभयो । मेलमिलापको प्रक्रियामा दुवै पक्षको जीत जीत हुने भएकाले सर्वसाधारणहरु पनि खुशि भएका छन । मुद्दा मामिलामा समय र पैसा दुवै लाग्ने तर आफनै गाँउ ठाँउमा विना खर्च मेलमिलाप हुने गरेकोले सर्वसाधारण उत्साहित भएको उपप्रमुख एवम न्यायिक समिती संयोजक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार