छठ पर्वको रौनक आजबाट सुरु

धार्मिक एवं लोकआस्थाको पर्व छठ आज(बुधबार)बाट सुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु भएको हो । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना संक्रमणका कारण केही समस्या देखिएको छ । तर पनि छठ विधिवत् रुपमा मनाउन थालिएको छ । ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा […]

तिहार मनोविज्ञानका हिसाबले  महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो  विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने […]

मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी

अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।कम्पनीले हिजो सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको बीबीसीले लेखेको छ ।यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । […]

रजिष्टर्ड लेखा परिक्षकबाट आन्तरिक लेखापरीक्षण नगराउन सरकारको निर्देशन

सरकारले स्थानीय सरकारले कानुन विपरित रजिष्टर्ड लेखा परिक्षकबाट आन्तरिक लेखापरीक्षण नगराउन निर्देशन दिएको छ । कतिपय स्थानीय तहले रजिष्टर्ड लेखा परिक्षकबाट पनि आन्तरिक लेखापरीक्षण गराएको गुनासो आएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो । सरकारले जारी गरेको स्थानीय […]

कोरोनाले समृद्धिको अभियानमा अवरोध पु¥याएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) ले नेपालको समृद्धिको अभियानमा अवरोध पु¥याएको बताउनु भएको छ । । तिहारको शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र नभइ मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले […]

कोरोना सङ्क्रमितको उपचारका क्रममा दुई चिकित्सकको निधन

कोरोना भाइरसको सङ्क्रमणका कारण दुईजना चिकित्सकको निधन भएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा कोभिड १९ सङक्रमण भएर दुई जना चिकित्सकको निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो ।डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन […]

अस्पताल निर्माणका लागि ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा

अस्पताल निर्माणका लागि सरकारले ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा गरेको छ । ३ सय ९६ वटै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका अस्पताल एकैसाथ मंसिर १५ गते शिलान्यास गर्ने गरी रकम निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नती गर्न जग्गा प्राप्ति तथा भवन निर्माणका लागि सबै […]

सहमति नजिक पुग्न खोजेको (नेकपा)को एकता फेरि गम्भीर मोडमा

नेकपाको एकता गम्भीर मोडमा, एक अर्को पक्षलाई आरोप लगाउँदै नेताहरू सहमति नजिक पुग्न खोजेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता फेरि गम्भीर मोडमा पुगेको छ । लिखित रुपमा नेताहरू आरोप प्रत्यारोपमा लागेपछि विवाद झन गिजोलिएको छ । दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र दाहालप्रचण्डका नाममा सचिवालय बैठकमा पेस भएको एकल दस्ताबेजले नेकपालाई […]

आज गाई, गोरु र गोबद्र्धनको पूजाआजा गरीइँदै

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा […]

आज कुकुर तिहार ,लक्ष्मीपूजा र दीपावली मनाईदै

हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका […]