चिरन्जीवी डेरीले मनायो दसौं वार्षिकोत्सब

रामेछाप जिल्लाको मन्थली नगरापलिका वडा नं १ मा सञ्चालनमा रहेको चिरन्जीवी डेरी उद्योगको दशौं वार्षिकोत्सव मनाइएको छ । स्थानीय कृषक विष्णु प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा नेपाल डेरी यसोसियसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव, प्रह्लाद पोखरेल,पुर्व सांसद देवशंकर पौडेल, वर्तमान प्रदेश सांसद शान्ति प्रसाद पौडेल, ने क पा का जिल्ला नेता आनन्द श्रेष्ठ, […]

नेपाली काँग्रेसले रामेछाप सहित आज ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

नेपाली काँग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न लागेको हो । […]

रामेछापका २१६ जना कोरोना संक्रमित निको , चार जना आईसोलेसनमा

रामेछापका २१६ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका सात जना कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १६ पुगको हो । बिहिबार कोरोनामुक्त भई डिस्चार्ज हुनेमा २३, २६, २९, ३४ र ४० वर्षीया महिला तथा १३ र २६ वर्षीय पुुरुष छन् […]

विभिन्न कार्यक्रम गरी रामेछापमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस

“बहुप्रकोपीय विपद्मा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” भन्ने मुल नाराका साथ शुक्रवार भुकम्प सुरक्षा दिवस मनाइएको छ । सो अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । मन्थलीस्थीत ट्राफिक चोक वाट सुरु भएको रयालीले मन्थली वजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभा गरेको थियो । जिल्ला विपद् ब्यवस्थापन समिति रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका […]

मन्थली नगरपालिकाका मेयरको भनाई प्रति पत्रकार महासंघ रामेछापको आपत्ती

नेपाल पत्रकार महासंघ रामेछापले मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतको भनाई प्रति प्रेस विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको छ । यहि पौष २८ गते मन्थली नगरपालिकाको आठौँ नगर सभामा नगर प्रमुख रमेश कुमार बस्नेतले आफनो धारणा राख्ने क्रममा नगर सभामा पत्रकारहरुको अनुस्थितीको विषयलाई लिएर व्यक्त असान्धर्भिक,अनैतिक र अशोभनिय सार्वजनिक भनाई प्रति पत्रकार महासंघको गम्भिर ध्यानकर्षण […]

आज माघे सङ्क्रान्ति तथा माघी पर्व मनाईदै

आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन […]

रामपुरका जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरले वडाका जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को बालबालिका, जेष्ठ नागरीक र अपाङ्ग कार्यक्रम अन्तर्गत २ लाख बजेटबाट जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य पृथ्वीनारायण श्रेष्ठले जानकारी दिनुभयो । वडाका ७५ वर्षदेखि माथिका १७० जना जेष्ठ […]

लोकसेवा आयोगले खुलायो ८ सय ४३ जना नासु पदका लागि विज्ञापन

लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४ सय ११ र ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कन बढुवाबाट ४ सय ३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले आज नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।काठमाडौं कार्यालयबाट खुलामा १ सय ५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी […]

रामेछाप गुम्दलकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

रामेछाप जिल्लाकोे उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देलकी २८ बर्षिय सुत्केरी सुमित्रा विकलाई आज हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ पठाइएको छ । विकलाई अत्याधिक रक्तश्राप भएपछि हेलिकप्टर मार्फत निशुल्क उद्धार गरेर थप उपचारको लागि काठमाडौं पठाइएको हो । सोमवार राती सुत्केरी हुनुभएकी बिकलाई धेरै रगत बगेपछि गाउँमा उपचार हुन नसकेर हेलिकप्टर मार्फत काठमाडौं पठाइएको रामेछापका […]

बाख्रा पालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले कृषिहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । बाख्रा जोन क्षेत्रका कृषकहरुका लागी आवश्यक पर्ने यन्त्र उपकरण प्रदान गरिएको हो । जुनार जोन कार्यक्रम अन्तर्गत मन्थली नगरपालिका , सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकाका २३ वटा समूह सहकारी, फार्महरुलाई एकएक वटाको दरले डिस्क मिल , […]