नेपालमा आज ९ सय जनामा कोरोनाको सङ्क्रमण 

नेपालमा आज ९ सय जनामा कोरोनाको सङ्क्रमण 

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएको  छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन परीक्षणमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्रै आज ३ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ सय ८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ८२ हजार  ८ सय ९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार