२० थान सिसौंका काठ सहित रामेछापमा २ जना पक्राउ

२० थान सिसौंका काठ सहित रामेछापमा २ जना पक्राउ

रामेछापको सदरमुकाम मन्थलीबाट अबैध रुपमा ल्याउदै गरेको काठसहित २ जनालाई रामेछाप प्रहरीले प्रक्राउ गरेकोे छ । चैत्र १ गते दिउसो मन्थली नगरपालिका २ आकाशेमा खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा ट्याक्टर सहित २ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

मन्थली नगरपालिका ११ पन्थलीबाट ज १ त ८०२५ नम्बरको ट्याक्टरमा मन्थली तिर ल्याउदै गरेको २० थान सिसौंका काठ सहित ट्याक्टर चालक राम बहादुर श्रेष्ठ र अबैध रुपमा काठ धुवानी गर्ने चेतमान श्रेष्ठलाई प्रकाउ गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो । पक्राउ परेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ । अनुसन्धान पछी डिभिजन वन कार्यालय बुझाउने तयारी भएको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार