रामेछापको भालुखोपडाँडामा भालुखोप सामुदायिक होमस्टे सन्चालन

रामेछापको भालुखोपडाँडामा भालुखोप सामुदायिक होमस्टे सन्चालन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोप डाँडामा भालुखोप सामुदायिक होमस्टे सन्चालनमा आएको छ । रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोपडाँडामा स्थानियहरुले भालुखोप सामुदायिक होमस्टे सन्चालन गरेका हुन । तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा नयाँ वर्ष २०७८ सालको अवसर पारेर बुधबारदेखी सामुदायिक होमस्टे सन्चालनमा आएको हो ।

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले सामुदायिक होमस्टेको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले होमस्टे सुरु गर्न विभिन्न तालिम तथा सहयोग प्रदान गरेको बताउनुभयो ।

ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर गर्दै स्थानीय जातजातिको संस्कार, संस्कृति, रीतिरिवाज, भेषभूषा, खानपान आदि कुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन होमस्टेले सहयोग पुर्याउने उहाँको भनाई थियो ।

भालुखोप सामुदायिक होमस्टेमा तामाङ सांस्कृतिक नाच ,भेषभूषा, अर्गानिक खानाहरू आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, लगायत स्थानिय पर्यटकीय स्थलहरु ताराखसे पोखरी,गणेशटार मन्दिर,भालुखोप भ्युटावर,विभिन्न गुम्बाहरु अवलोकन गर्न पाउने छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार