अध्यक्ष र वडा अध्यक्ष पौडेल दाजुभाइको घरमा आगलागी, ५० लाख भन्दा बढिको क्षति

अध्यक्ष र वडा अध्यक्ष पौडेल दाजुभाइको घरमा आगलागी, ५० लाख भन्दा बढिको क्षति

ओखलढुंगाको लिखु गाउँपालिका ८ टारकेराबारीमा आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको छ । गाउँपालिका अध्यक्ष समेत रहनु भएका लिखु ८ का गोविन्द पौडेल र उहाँका भाई वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलको घरमा गयराति आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

गयराति बर्षात सँगै परेको चट्याङ्का कारण आगलागी हुँदा ढुंगा, सिमेन्ट र जस्ताले बनेको दुई ओटा घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले जनाकारी दिनु भएको छ ।

गाउँपालिका अध्यक्ष गोविन्द पौडलका अनुसार आगलागीका कारण घर, सहित नजिकै टहरा लगायत अन्य संरचना पनि केहि बाँकी नरहने गरि नष्ट भएको छ ।
राति २ ः१५ परेको चट्याङका कारण सुरु भएको आगो इलाका प्रहरी कार्यालय गाम्नाङटार र यसमबाट खटिएको प्रहरी टोली र स्थानीयको प्रयासमा बिहान ६ बजे मात्र निभाइएको थियो ।

आगो निभाइए पनि घर भित्र रहेका सामान केहि जोगाउन नसकिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । सबैको प्रयासमा नजिकै रहेको एउटा घर भने जोगाइएको छ । आगलागी भए पछि भाग्ने क्रममा गाँउपालिका अध्यक्ष पौडेलकी बुहारी बिना पौडेल सामान्य घाइते भएकी छन् । हिजोको दिन घरका सबै सदस्य अर्को घरमा रहेको र केहि काम विशेषले बाहिर रहेकोले मानविय क्षतिबाट जोगिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनु भएको छ ।                                                               

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार