रामेछापमा अब विहान ५ बजेदेखी विहान ९ बजेसम्म पसल खोल्न पाईने

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आज राति १२ बजेदेखी लागू हुने गरी असार २ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । निषेधाज्ञा थप भएपनि जिल्लामा बैङ्क तथा वित्तीय संस्था र पसल तथा व्यवसायहरु सन्चालन गर्न पाउने समय भने केही हेरफेर गरिएको छ । अब अत्यावश्यक सामाग्री […]

सुनापतीका कोरोना संक्रमितलाई पौष्टिक खाद्यान्न तथा औषधी वितरण

सक्षम स्मृती प्रतिष्ठानले रामेछापको सुनापति गाउँपालिकामा रहेका कोरोेना संक्रमितहरुलाई पौष्टिक खाद्यान्न तथा औषधी वितरण गरेको छ । सक्षम स्मृती प्रतिष्ठानका अध्यक्ष एवम नेपाल राष्टिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बलले करिब २ लाख मुल्य बराबरको पौष्टिक खाद्यान्न तथा औषधी वितरण गरेको सुनापति गाउँपालिकाबाट अर्थमान तामाङले जानकारी दिनुभयो । गाउँपालिकाका उपाअध्यक्ष गिता विष्टको रोहबरमा उक्त सामाग्री […]

रामेछापमा थपिए ४६ जना कोरोना संक्रमित,आज २९ जना निको

रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकाका ८ जनामा पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी जिल्ला अस्पतालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना,रामेछाप नगरपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा १६ जना,लिखु तामाकोशी गाउँपालिकामा ५ जना,सुनापती गाउँपालिकामा २ जना र तामाकोसी अस्पतालमा १ जनामा […]

रामेछापमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै

रामेछाप जिल्लाका आजदेखी ६२ देखि ६४ वर्षका लक्षित समुहका व्यक्तिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइदै छ । जिल्लामा आजबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । आजदेखि जिल्लाको सवै स्थानीय तहका ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो […]

आजबाट कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

नोबेल कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा आजदेखि लगाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतकोखोप शाखा प्रमुख डा झलक गौतमका अनुसार काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइनेछ । नेपालमा ६० देखि ६४ वर्षको साढे आठ लाख जनसङ्ख्या रहेको छ । हिमाली जिल्लाका तिब्बतसँग सीमा […]

रामेछापमा थपिए २७ जना कोरोना संक्रमित

रामेछापमा जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ७ जना,गोकुलगंगा गाउँपालिकामा ७ जना,दोरम्बा गाउँपालिकामा ४ जना,सुनापती गाउँपालिकामा ५ जना र तामाकोसी अस्पतालमा ४ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ६ सय २५ पुगेको […]

नेपालमा १६ जनामा कालो ढुसिको सङ्क्रमण, ४ जनाको मृत्यु

सरकारले कालो ढुसिको सङ्क्रमणको जोखिम कम गर्नका लागि समिति गठन गरेर काम अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ जनामा कालो ढुसिको सङ्क्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले कोलो ढुसिको सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि समिति गठन गरेर अध्ययन सुरु गरेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार […]

रामेछापमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण फेरी दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनापति गाउँपालिका २ का ४७ वर्षका एक पुरुषको आज विहान घरमै मृत्य्ु भएको हो । हिजो मात्रै एन्टिजिन मार्फत उनमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै रामेछाप नगरपालिका वडा नं ३ का ६१ वर्षका अर्का एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको […]

समाजसेवी घिमिरेद्वारा खाद्यान्नका साथै औषधी बितरण

सामाजिक क्षेत्रमा अब्बल व्यक्तित्व भएका समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय गरीब दुःखीहरका लागि भगवान बनेर उभिएका छन् । कोरोना भाइरस देखा परेपछि नेपालमा लकडाउन सुरु भयो । लकडाउन सुरु भएपछि काठमाडौ लगायत विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गरी आफ्नो जीवन धान्दै आएकाहरु खान नपाएर सडक पेटीमा आएपछि साँझको तातो खाना खुवाउदै आएका छन् भने चुलो […]

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिनुभयो । उहाँका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ । नेपाललाई हालसम्म […]