एमाले नेता ढकालद्धारा कोरोनाका विरामीलाई एक महिनासम्म निशुल्क खाजा

एमाले नेता ढकालद्धारा कोरोनाका विरामीलाई एक महिनासम्म निशुल्क खाजा

नेकपा एमाले रामेछापका नेता एवम समाजसेवी होतराज ढकालले जिल्ला अस्पताल रामेछापमा रहेका कोरोनाका विरामीलाई एक महिनासम्म आफनो व्यक्तिगत खर्चमा निशुल्क खाजा खुवाउन थाल्नुभएको छ । उहाँले गत जेठ ३० गतेदेखी अस्पतालमा भर्ना भएका कोरोनाका विरामीलाई दैनिक प्रतिव्यक्ति एक गिलास दुध,एक वटा अण्डा र एक प्लेट चना सहितको खाजाको व्यवस्थापन गर्नुभएको छ ।

कोरोना संक्रमित भएपछि स्वास्थ्य अवस्था कमजोर हुने हुँदा यस्ता खानाले शरीरलाई शक्ति दिने भएकाले चिकित्सको सल्लाह अनुसार आफुले एक महिनासम्म अस्पतालमा जति विरामी भर्ना हुन्छन सबैलाई दैनिक दुध,अण्डा र चना खुवाउने बताउनुभयो ।

आफुले गरेको यो कामले विरामीहरुलाई केही मात्रामा भएपनि फाईदा पुग्ने विश्वास आफले लिएको ढकालले बताउनुभयो । विरामीलाई खाजा खुवाउँदा आफुलाई खुशी मिल्ने गरेको उहाँले बताउनुभयो । एमाले नेता एवम समाजसेवी ढकाल एमाले रामेछाप नगर संयोजक, जिल्ला कमिटी सदस्य र ढकाल पोल्ट्रि सप्लायर्सका संचालक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार