रामेछापमा निषेधाज्ञा खुकुलो,अब निजी तथा सर्वाजनिक सवारी साधन चल्ने

रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । अब जिल्लामा निजी तथा सर्वाजनिक सवारी साधन जोर विजोर प्रणालीमा चल्ने दिइने रामेछाप प्रशासनले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो,अब ठूला सार्वजनिक बस चल्ने

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । तर जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ […]

रामेछाप दुरागाउँमा ६३ बर्षिय वृद्ध महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँ सानापानी बस्ने ६३ बर्षिय बृद्धा महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने सोही गाउँका ३१ वर्षिय राजु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा एक्लै बस्दै आएकी बृद्धा महिलालाई रातको समयमा पारी घरभित्र पसेर लडाई जर्बजस्ती करणी गर्न खोजेपछि बृद्धा महिलाले चिच्चाएर गुहार मागेपछि ती युवक घटनास्थलवाट भागेका थिए । […]

रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १९३ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, उमाकुण्ड गाउँपालिकामा चार जना, गोकुलगंगा गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा दुई जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ८५ जना पुगेको छ । यस्तै, जिल्लामा आज १८ जनाले […]

काँग्रेस रामेछापको सभापतिमा कान्छारामद्वारा उम्मेद्वारी घोषणा

नेपाली काँग्रेस रामेछापका नेता,समाजसेवी एवम निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले पार्टीको जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले साउन २३ गतेसम्म सकिसक्नुपर्ने रामेछाप काँग्रेसको १४ औँ अधिवेशनमा जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । कान्छारामले सुख दुःखमा जिल्लाका नागरिकलाई सकेको सहयोग गर्दै आएको र एक कार्यकाल पार्टीको सभापति भएर काम गर्ने इच्छा […]

माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण आजबाट, आगामी हप्ताबाट विद्युत उत्पादन सुरु गरिने

बहुप्रतीक्षित राष्ट्रीय गौरवको आयोजनामाथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी हप्ताबाट १ सय ५२ मेगावाट विद्युत् उत्पादन सुरु गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको र आजबाट प्राविधिक परीक्षण सुरु गरिने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण […]

सुनापती गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

रामेछापको सुनापति गाउपालिकाले एकल महिला सरह एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रममा एकल पुरुषलाई भक्ता दिन बजेट विनियोजन गर्ने कुरा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठका अनुसार के कसरी एकल पुरुषलाई भक्ता दिने भन्नेबारेमा कार्यविधी बनाउने तयारी भईरहेको छ । केहि दिनमै […]

रामेछापका ८ वटै स्थानिय तहकोे बजेट : स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता

रामेछापका ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट ल्याएका छन । यस वर्ष सबैभन्दा धेरै बजेट मन्थली नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट सुनापती गाउँपालिकाले ल्याएको छ । जिल्लाका धेरै स्थानिय तहहरुले स्वास्थ्य कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएका छन । रामेछाप नगरपालिकाले ल्यायो ६३ करोड १९ लाखको बजेट […]

रामेछाप सहित मुलुकका बिभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ उपत्यका सहित देशका बिभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ । आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली […]

रामेछाप नगरपालिकाले सार्वजनिक गर्यो ६३ करोड १९ लाखको बजेट

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैयाँ ५२ पैसा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएतलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको निति,कार्यक्रम तथा बजेट नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रस्तुत गर्नुभयो । नगरपालिकाले आव ७७,७८ मा चालु तर्फ […]