प्रधानमन्त्रीमा देउवाको नियुक्ति र सपथ आजै, सानो आकारको मन्त्रिमण्डल विस्तार गरिने

प्रधानमन्त्रीमा देउवाको नियुक्ति र सपथ आजै, सानो आकारको मन्त्रिमण्डल विस्तार गरिने

Prime Minister Sher Bahadur Deuba announces his resignation in Kathmandu, on Wednesday, February 15, 2018. Photo: Reuters

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आजै प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउनुहुने भएको छ । सर्वोच्च अदालतबाट हिजो भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ पुगेको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार सर्वोच्च अदालतको फैसला प्राप्त भएपछि के कसरी अघि बढ्ने भन्ने बारेमा तयारी भइरहेको छ । शीतलनिवास स्रोतका अनुसार आज साँझ ५ बजेभित्रै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको छ ।

काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका विपक्षी गठबन्धनले पनि देउवाको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय हिजो गरेको छ । राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलका अनुसार आज बिहान कसरी सरकारमा जाने भन्ने बारेमा विपक्षी गठबन्धनबीच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार