देशभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर आजको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायूको प्रभावका कारण अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज महाकाली र कन्काई जलाधारका केही स–साना सहायक नदीहरूमा वहाव बढ्ने र केही साना नदीमा आकस्मिक वहाव पनि हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार