रामेछापको सुनापति गाउँपालिकाका विद्यालय आजदेखि बन्द

रामेछापको सुनापति गाउँपालिकाले आजदेखी पालिकामा रहेका सबै विद्यालय अनिश्चिकालको लागि बन्द गरेको छ । नेपाल सहित विश्वभर कोरोनाको संक्रमण तिव्र रुपले बढी रहेको भन्दै गाउँपालिकाले विद्यार्थीहरुमा कोरोना संक्रमण नहोस भन्नका लागी सबै विद्यालय बन्द गरेको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनापति गाउँपालिकामा रहेका १२ वटा मावि सहित ३३ वटा विद्यालय अर्को […]

सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय

नोबेल कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण दर तीव्र गतिमा बढेका जिल्लामा सरकारले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसअघिबाँके, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा १ हप्ताका […]

आज ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४ सय ४२ जना सङ्क्रमित फेला परेका हुन् । त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण […]

कोरोनाविरुद्ध राजनीतिक दल एक ठाउँमा उभिएनन्

दोस्रो लहरको नोबेल कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै स्वास्थ्य मन्त्रालयले १० दिनअघि ८ बुँदे विशेष अनुरोध सार्वजनिक ग¥यो र सावधानी अपनाउन भन्यो । त्यसको ४ दिनपछि सरकारले आदेश पनि जारी गरेको थियो । तर सरकारले जारी गरेको आदेश, सत्ताधारी दलबाटै पालना भएको पाइँदैन । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन रोक […]

नेपालमा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १सय२२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ […]

रामेछाप गोकुलगंगाका ९ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिकाको दुई वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो । ४ जना विद्यार्थी सहित २ जना शिक्षक र ३ जना स्थानियमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यहि वैशाख १० गते गोकुलगंगाका १६ जनाको […]

राजनीतिक दल कोरोना नियन्त्रण भन्दा राजनीतिक चलखेलमा केन्द्रीत

कोरोनाको उच्च जोखिम बढिरहेका बेला सरकार र राजनितिक दल कोरोना नियन्त्रणमा भन्दा पनि राजनितिक चलखेलमा बढि केन्द्रीत भएका छन् । नेकपा एमाले भित्रको विवादका कारण शिर्ष नेताहरु कोरोनाको कहर नियन्त्रणमा भन्दा आफ्नै पार्टी कसरी जोगाउने भन्ने चिन्तामा छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफु नेतृत्वको सरकार जोगाउन र पार्टी भित्रका नेताहरुलाइ कारबाही गर्नमा व्यस्त देखिनुभएको […]

सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार कारबाहीःप्रधानमन्त्री

राजधानी लगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीसीएमसीले ‘ब्रिफिङ’ गरेको छ । कोभिड–१९ सङ्क्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो । अहिलेको भयावह […]

विनाशकारी भूकम्पको ६ वर्ष पूरा, ९३ प्रतिशत निजी आवासमा पुनर्निर्माण

१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको आज ६ वर्ष पूरा भएको छ । भूकम्पले ध्वस्त बनाएका कयौँ संरचना पुनर्निर्माण भएका छन् । विशेषगरी विद्यालय भवन, सुरक्षा निकाय भवन र सडक निर्माणमा राम्रो प्रगति भएको छ । आमसर्वसाधारणको चासो रहेको ऐतिहासिक महत्वका धरहरा, रानीपोखरीजस्ता सम्पदाको पुनर्निर्माण पनि सम्पन्न भएका छन् । राष्ट्रिय पूर्वाधार प्राधिकरणका […]

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एकको ज्यान गयो, २२ घाइते

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकबका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै ज्यान गएको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने […]