देउवा सरकारको पहिलो निर्णयः चैत भित्र सबै नागरिकलाई कोरोना विरुद्धको खोप

देउवा सरकारको पहिलो निर्णयः चैत भित्र सबै नागरिकलाई कोरोना विरुद्धको खोप

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चितगर्ने निर्णय गरेको छ ।हिजो सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो ।बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।उहाँले कोरोनामहामारी नियन्त्रण तथा रोकथामकालागिअग्रपङ्क्तीमा खटिएकाहरुलाई जोखिमभत्ता एक हप्ताभित्रउपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघिहिजो साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नुभएको थियो । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथागोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्रीतथामन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार