सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार कारबाहीःप्रधानमन्त्री

राजधानी लगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीसीएमसीले ‘ब्रिफिङ’ गरेको छ । कोभिड–१९ सङ्क्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो । अहिलेको भयावह […]

विनाशकारी भूकम्पको ६ वर्ष पूरा, ९३ प्रतिशत निजी आवासमा पुनर्निर्माण

१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको आज ६ वर्ष पूरा भएको छ । भूकम्पले ध्वस्त बनाएका कयौँ संरचना पुनर्निर्माण भएका छन् । विशेषगरी विद्यालय भवन, सुरक्षा निकाय भवन र सडक निर्माणमा राम्रो प्रगति भएको छ । आमसर्वसाधारणको चासो रहेको ऐतिहासिक महत्वका धरहरा, रानीपोखरीजस्ता सम्पदाको पुनर्निर्माण पनि सम्पन्न भएका छन् । राष्ट्रिय पूर्वाधार प्राधिकरणका […]

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एकको ज्यान गयो, २२ घाइते

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकबका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै ज्यान गएको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने […]

धरहराको पुननिर्माण पछि आज उद्घाटन

२०७२ सालको भूकम्पले ढालेको धरहराको पुननिर्माण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । धरहराको पुननिर्माण संगै प्रधानमन्त्री ओलीले एक समारोहका बीच आज पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिला लेखको अनावरण गरि उद्घाटन गर्नुभयो । उद्घाटन पछि प्रधानमन्त्रीओलीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पवृष्टि गर्नुभएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागिप्रधानमन्त्रीओलीले […]

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन […]

नेपालको व्यापार घाटा १० खर्ब १६ अर्ब नाघ्यो

चालु आर्थिक वर्षको ९ महिनासम्म नेपालको व्यापार घाटा १० खर्ब१६ अर्ब नाघेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । गएको चैत मसान्तसम्ममा कुल ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको र ९४ अर्ब ७६ करोड ८० अर्ब ७१ करोड रुपैयाँको […]

पार्टीको मर्म अनुसार अघि बढे जिम्मेवारी दिइने एमाले अध्यक्ष ओलीको भनाइ

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महशुस गरेर पार्टीको मर्म अनुसार अघि बढ्ने नेता कार्यकर्तालाई जिम्मेवारी दिइने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर आज बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध उपद्रो गरेर हिँड्दा पनि कारबाही नगरेर सम्झाउने प्रयास […]

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामानोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। १० हजार ४ सय ४८ जनाको परीक्षण गरिएकोमा २३ दशम्लव २३ प्रतिशतलाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट १० हजार १ जनाको परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टिजेन विधिबाट ४ […]

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जलतथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहानदेखि नै काठमाडौं उपत्यका सहित देशकाअधिकांश भागमा पानी परिरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश २ हुँदै प्रवेश गरेको र प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशःबागमती, गण्डकी हुँदै अबप्रदेश १ […]

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीद्धारा भित्ते पात्रो विमोचन

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीले २०७८ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । आज रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरी भित्ते पात्रो विमोचन तथा वितरण गरिएको हो । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यता एवम तरुण दल रामेछाप नगरपालिकाका अध्यक्ष सन्तोष तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा २०७८ सालको भित्ते पात्रो विमोचन […]