साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चल्ने

साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चल्ने

धेरैभन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने उद्धेश्यले सरकारले यही साउन २५ देखि ३२ गतेसम्म मुलुकभरमा खोप अभियान चलाउने भएको छ । अभियानका लागि खोप केन्द्रहरूको व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दावी छ ।

आज भुटानबाट ३ लाख मात्रा कोरोनाविरुद्धको खोप आउने र यसले अभियान चलाउनका लागि सहयोग पुग्ने मन्त्रालयको भनाइ छ । संसदको स्वास्थ्य तथा शिक्षा समितिको हिजोको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भोलि र पर्सि गरी ११ लाख मात्रा कोरोनाविरुद्धको खोप आएपछि अभियान चलाइने जानकारी दिनुभयो ।

समितिको बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी मसिंरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ सङ्क्रमित थपिने सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार