आज पनि मौसम प्रतिकुल,केही प्रदेशमा भारी वर्षाको सम्भावना

आज पनि मौसम प्रतिकुल,केही प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । आज दिउँसो धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार