अब जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने

जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै रामेछाप जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो । देशका विभिन्न अस्पताललाई ८ करोड १० लाख रुपैयाँ बजेट सुनिश्चित गरेको अर्थ मन्त्रालयले रामेछाप अस्पतालका लागि ७५ लाख रुपैयाँ छुट्याएको हो । त्यसका लागि जिल्ला अस्पताल रामेछापले […]

पत्रकार संकट ब्यबस्थापन कोषमा तरुण नेता केसिद्वारा १० हजार सहयोग

नेपाल तरुण दल रामेछापका जिल्ला सदस्य एवं युवा व्यावसायि सौरभ केसिले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गर्नुभएको छ । खाँडादेवी गाउँपालिका वडा नं ७ माकादुम घर भएका केसीले पत्रकारहरुको सुरक्षा र संकट ब्यबस्थापनका लागि उक्त रकम सहयोग गर्नुभएको हो । लामो समय देखि पोखरामा ब्यबसाय गर्दै आउनु […]

पत्रकार संकट ब्यबस्थापन कोषमा हजुरको रेडियोबाट १० हजार आर्थिक सहयोग

पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा हजुरको रेडियोले १० हजार आर्थिक सहयोग गरेको छ । रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जका स्टेसन म्यानेजर दिपक कुमार घिमिरेले मंगलबार महासंघको कार्यालय मन्थलीमै पुगेर उक्त सहयोग रकम बराबरको चेक पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलाइ हस्तान्तरण गर्नुभयो । पत्रकार संकट ब्यबस्थापन कोषमा […]

रामेछापमा आजै १ सय ५१ जनाले जिते कोरोना

रामेछापमा आज एकैदिन १५१ जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४७८ पुगेको छ । मङ्गलबार मन्थली नगरपालिकाका ६९ जना, दोरम्बा शैलुङ गाउँपालिकाका ४० जना, सुनापति गाउँपालिकाका २४ जना, रामेछाप नगरपालिकाका १४ जना र खाँडादेवी गाउँपालिकाका ४ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा कोरोना […]

रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ ।प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा आज दिउँसो जिल्लाको मन्थली नगरपालिका वडा नं १ का ५७ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

पत्रकार संकट ब्यबस्थापन कोषमा चौहानद्वारा १० हजार आर्थिक सहयोग

ओके कान्तिपुरका कार्यकारी निर्देशक , युवा व्यावसायि एवं समाजसेवी कमल चौहानले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गरेका छन् । मन्थली नगरपालिका वडा नं १३ फुलासी घर भएका चौहान लामो समय देखि दोलखाको चरिकोटमा ब्यबसाय गर्दै आएका छन् । मनका धनी चौहानले यस अघि पत्रकार महासंघ दोलखाले स्थापना […]

रामेछापमा थपिए १८० जना कोरोना संक्रमित

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा १८० जना कोरोना संक्रमित थपिएका छ्न । मन्थली नगरपालिका ६९ जना, दोरम्बा गाउँपालिकाका ४५ जना, लिखु तामाकोसी गाउँपालिकाका ४१ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । सुनापती गाउँपालिकामा २१ जना र लिखु तामाकोसी गाउपालिकामा २ जना र उमाकुण्ड गाउँपालिकामा २ जनागरी […]

रामेछाप नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रामेछाप नगर कमिटीले रामेछाप नगरपालिकालाई स्व्ाास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण रामेछाप नगरपालिकामा पनि दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै कोरोना रोकथाम तथा न्यूनीकरणमा सहयोग पुगोस भन्ने उद्देश्यले स्व्ाास्थ्य सामाग्रीहरु सहयोग गरिएको माओवादी केन्द्र नगर कमिटीले जनाएको छ । नगर कमिटीका अध्यक्ष मोतिलाल तामाङ सहितको टोलि नगरपालिकामा पुगेर पिपिइ […]

रामेछापमा ३१८ जना कोरोना सङ्क्रमणमुक्त

रामेछाप जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३१८ जना पुगेको छ । जिल्लामा आज थप ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय २४ पुगेको छ । आज जिल्ला अस्पताल रामेछापमा पाँचजना , खाँडादेवी गाउँपालिकाकाका पाँचजना , सुनापति गाउँपालिकाका २१ जना र दोरम्बा शैलुङ गाउँपालिकाका दुईजनामा एन्टिजेन्ट परीक्षणबाट […]

पछिल्लो २४ घण्टामा ७६६४ जना कोरोना संक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो ।पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित […]