रामेछापमा घ्याप्चेको पहिरो गयो,उच्च जोखिममा गैराथोक गाउँ

रामेछापमा घ्याप्चेको पहिरो गयो,उच्च जोखिममा गैराथोक गाउँ

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ४ गैराथोक गाउँ पहिरोको उच्च जोखिममा परेको छ। लगभग १ हेक्टर क्षेत्रफलमा फैलिएको वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको उक्त पहिरो आज पुन ठूलो धुलो मुस्लो सहित खसेको छ ।

आज अपरान्ह देखि पहिरो खस्ने क्रम नरोकिएको भन्दै स्थानीय त्रसित भएका छ्न । पहिरो नजिकै रहेको गाउँका स्थानीय पहिरो खस्ने क्रम नरोकिए पछि त्रसित भएका हुन । पहिरोले त्यहाँका २ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार