रामेछापमा आज १० जना संक्रमित थपिए, ५८ जना निको

रामेछापमा आज १० जना संक्रमित थपिए, ५८ जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ७ जना र गोकुलगंगा गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २९ सय १ जना पुगेको छ ।

आज जिल्लामा ५८ जनाले कोरोनालाई जितेका छन । मन्थली नगरपालिकाबाट २३ जना, रामेछाप नगरपालिकाबाट १७ जना,खाँडादेवी गाउँपालिकाबाट ३ जना,उमाकुण्ड गाउँपालिकाबाट ३ जना,गाकुलगंगा गाउँपालिकाबाट ६ जना,लिखु तामाकोशी गाउँपालिकाबाट २ जना र तामाकोशी अस्पतालबाट ४ जनाले कोरोना जितेका हुन ।

यो सँगै जिल्लामा २६ सय ४० जना कोरोना संक्रमणपछि निको भएका छन ।
जिल्लामा अहिले २३९ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २२ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन मार्फत कोरोना परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार