कोरोनाविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु हुँदै

कोरोनाविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु हुँदै

सरकारले कोभिडविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु गर्दैछ । भुटान, जापान लगायतका बिभिन्न मुलुकबाट आएको खोप धेरैभन्दा धेरै नागरिकसम्म पु¥याउनका लागि आजदेखि यही साउन ३२ गतेसम्म खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाप्रमुख डा झलक गौतमले बताउनुभयो ।

उहाँका अनुसार खोप अभियान सफल पार्नका लागि मुलुकभरमा खोप केन्द्रहरूको बिस्तार गरिएको छ भने स्थानीय सरकार, राजनीतिक दल, क्लब तथा सरोकारवाला निकायलाई समन्वयका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोनाविरुद्धको खोप बारेको सूचना सम्प्रेषण, प्राथमिकतामा परेकालाई खोप दिने, खोप केन्द्र विस्तार लगायतका कार्य यो अभियान अन्तर्गत गरिने डा गौतमले जानकारी दिनुभयो ।

कोभिसिल्डको पहिलो मात्र लगाइसकेका १३ लाख ६८ हजारलाई यही हप्तामा खोप दिइनेपनि उहाँको भनाइ छ । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप आजबाट लगाइने जानकारी दिनुभयो ।

उहाँले काठमाडौँमा १ सय ४४ खोप केन्द्रमार्फत कोभिसिल्डको दोस्रो मात्राको खोप लगाइने बताउनुभयो । अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, संयोजक, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरूलाई कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालयले चेतावनी दिनएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार