संसद् विघटन , वैशाख १७ र २७ मा निर्वाचन हुने

आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरी संघीय संसद् विघटन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद् विघटन भएको हो ।  वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरी संसद् विघटन सदर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७ […]

केवलेश्वर वचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न

“धेरै मेहनत र वचत गरौँ,खुशी र सम्वृद्ध बनौँ” भन्ने नारा लिएर रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ र ९ लाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफनो स्थापनाको नवौँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देव बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको बार्षीक प्रतिवेदन […]

रामेछापका प्रजिअ शर्माको सरुवा,अब नयाँ प्रजिअ अर्जुनकुमार शर्मा आउँदै

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । रामेछापमा ११ महिना प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएका शर्माले जिल्लामा कोविड नियन्त्रण तथा व्यवस्थापन , जिल्लाको समग्र शान्ति सुव्यवस्था , प्रितीमा ईलाका प्रशासन कार्यालय सन्चालन र सबै पालिकाहरुमा पुगेर बजार अनुगन लगायतका धेरै महत्वपुर्ण कामहरु गर्नुभएको छ । रामेछापका प्रजिअ शर्मा गुल्मी जिल्लामा सरुवा […]

रामेछाप नगरपालिकामा प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा प्रभावकारी बन्दै गएको छ । रामेछाप नगरपालिकाले एक घर एक पशु बीमा कार्यक्रम सन्चालन गरेको छ । साेिह कार्यक्रम अन्तर्गत नगरका सबै वडाहरुमा पशु बीमा कार्यक्रम लागु हुनेछ । ९ वटा वडाहरु रहेको नगरपालिकाका ५ वडा वडाहरुमा एक घर […]

रामेछापमा १९७ जना कोरोना सङ्क्रमणमुक्त,६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछापका ३ जना कोरोना संक्रमतिले कोरोना भाईरसलाई जितेका छन । आज मन्थली नगरपालिकाका ३७,५५ र ६४ वर्षका पुरुष उपचारपछि निको भएका हुन । अब मन्थली नगरपालिकामा ४ जना र गोकुलगंगा गाउँपालिकामा दुईजना गरी ६ जना सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्या २०३ पुगेको […]

रामेछापमा तीन महिनामा ट्राफिक प्रहरीद्धारा ४७ लाख ८९ हजार राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी रामेछापले तीन महिनामा ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनमाथि कारबाही गरी ४७ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक नियम विपरित सञ्चालन भएका सवारी कारबाहीबाट चालु आर्थिक वर्षको असोज ,कार्तिक र मङ्सिर महिनाको अवधिमा झण्डै गत आर्थिक वर्ष २०७६÷०७७ मा सङ्कलन गरिएको बराबरको राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय […]

रामेछाप रामपुरकी ८७ वर्षीया शक्तिमायाँलाई घरमै पुगेर नागरिकता प्रदान

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर निवासी ८७ वर्षीया शक्ति मायाँ तामाङले ८७ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज उहाँको घरमै पुगेर उहाँलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आउनुभएकी उहाँले नागरिकता नपाएको जानकारी वडा […]

रामेछापमा ९ जना कोरोनाका सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछाप जिल्लामा ९ जना कोरोनाका सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । अहिले मन्थली नगरपालिकामा सात जना र गोकुलगंगा गाउँपालिकामा दुईजना गरी ९ जना सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्या २०३ पुगेको छ । यसमध्ये १९४ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका […]

स्थानीय तहले सार्वजनिक जग्गा भाडामा दिन नपाउने, अस्पताल निर्माणको टेन्डर पुस मसान्तभित्र गर्न मन्त्रालयको निर्देशन

स्थानीय तहले सार्वजनिक जग्गा लिजमा दिन वा हक हस्तान्तरण गर्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जथाभावी सार्वजनिक जग्गा लिजमा नदिन स्थानीय तहलाई पत्राचार गरेको छ । देशभर धमाधम सार्वजनिक जग्गा अतिक्रमण गर्ने र कतिपय अवस्थामा स्थानीय तहले नै लिज वा हक हस्तन्तरण गर्ने क्रम बढेकाले मन्त्रालयले यस्तो निर्देशन दिएको मन्त्रालयका […]

रामेछापमा पनि कांग्रेस उत्रियो सडकमा, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी (फोटोफिचर)

नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो । भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा सरकार लिप्त रहेकालाई खबरदारीका लागि प्रदर्शनमा उत्रनु परेको कांग्रेसले जनाएको छ । सडक देखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने भन्दै कांग्रेसले देशैभर प्रदर्शन गरेको […]