बाग्मती प्रदेशमा मुख्यमन्त्री अल्पमतमा, भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाइ प्रस्ताब

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुहुने देखिएको छ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज हेटौंडा स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको बताएका हुन् । एकिकृत समाजवादीमा […]

देशभरको मौसममा सुधार, आज सुदूरपश्चिमको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानै घाम लागेको छ । मनसुन सक्रिय भएपछि गत बिहीबारदेखि देशका धेरै ठाउँमा झरी परेको थियो । हिजोसम्म पानी पारेको प्रणाली केही कमजोर बनेकाले आज बिहानै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार त्यो प्रणाली केही कमजोर बनेको भएपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा […]

बाढी र पहिरोबाट घर गुमाएकालाई सरकारले तत्काल ५० हजार दिने

सरकारले बाढी र पहिरोबाट पूर्ण क्षति भएका निजी आवास निर्माणको लागि अनुदान दिने भएको छ । बाढी रपहिरोबाट निजी घर गुमाएकाप्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँदिइने राष्ट्रिय विपद् जोखिमन्यूनिकरण तथाव्यवस्थापनप्राधिकरण प्रवक्ता विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँले मनसुन सकिएपछि निजी आवास निर्माणको लागि हिमाली क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र […]

१२ वर्षभन्दा माथिकालाई खोप लगाउने सरकारको तयारी

सरकारले १२ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोपअसोजसम्म नेपाल ल्याइसक्ने गरी काम भइरहेको छ । तर फाइजरले विकास गरेको खोपलाई माइनस ७० देखि ८० डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले भण्डारणमा समस्या हुने देखिएको छ । फाइजरकै लागि फरक भण्डारण केन्द्र […]

वर्षायाममा सङ्क्रामक रोगबाट बच्न डाक्टरको सुझाव

वर्षायाममा सङ्क्रामक रोगको जोखिम हुने भएकाले सचेत हुनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । केही दिनदेखिको लगातारको झरीले देशका कतिपय बस्ती डुबान र पहिरोको चपेटामा परेकाले त्यस्ता क्षेत्रमा सङ्क्रामक रोगको जोखिम हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । बाढी र पहिरोले विशेषगरी पानीको मुहान नै बगाउने वा पानीको स्रोत नै नाश गर्नेे भएकाले […]

मन्त्रिपरिषद्ले पर्सिसम्ममा पूर्णता पाउने

मन्त्रिपरिषद्ले पर्सि पूर्णता पाउने भएको छ । मन्त्रीपरिषद् विस्तारका लागि सत्तारुढ दलहरू छलफलमै व्यस्त भएकोले पर्सिसम्ममा पूर्णता दिने तयारी भएको सत्तारुढ दल नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो । आजसम्ममा विस्तार गर्ने तयारी गरेको भएपनि आजै विस्तारको सम्भावना कम देखिएको उहाँको भनाइ छ । मगलबार कसैले पनि मन्त्रीको नाम नदिने मान्यता रहेका कारण पनि […]

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । देशभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रतबसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ । जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको भए पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण यो वर्ष पूजा विधि पु¥याउन मात्र गरिने भएको […]

अझै केहीदिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

मौसम पूर्वानुमान महाशाखाले अझै केहीदिन भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।आजदेखि मौसम विस्तारै खुल्ने महाशाखाले अनुमान गरेपनि मनसुनी न्यूनचापिय रेखा अझैपनि नेपालको तराई भूभाग नजिकै रहेकाले आगामी केहीदिन थप पानी पर्न सक्ने बताइएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय रेखाको प्रभावले अहिले प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा […]

नेकपा एमाले विभाजनपछि प्रदेशमा सरकार जोगाउन चुनौती

नेकपा एमाले विभाजन भएपछी प्रदेशमा सरकार जोगाउन चुनौती देखिएको छ । प्रदेश १ र बाग्मती प्रदेशमा सांसदहरुलाइ आफ्नो पक्षमा पार्न दुबै पक्षले कसरत सुरु गरेका छन् । प्रदेश नम्बर १ मा मुख्यमन्त्री भिम आचार्य नेतृत्वको सरकार जोगाउनका लागि नेकपा एमालेले सांसदहरुलाई विभिन्न खालका प्रलोभन देखाइरहेको छ । सांसदहरुलाई माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीमा जान नदिन […]

कवि गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन

रामेछापका कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो आज विमोचन भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले कविता संग्रहको विमोचन गनुभयो । मैनबत्तीको आगो कविता संग्रह विमोचन गर्दै नगर प्रमुख थापा मगरले नगरपालिकाले कला,साहित्यमा रुचि भएकाहरुलाई केहि सहयोग चाहिएमा सहयोग गर्ने बताउनुभयो । कविता संग्रह मैनबत्तीको आगो विमोचन कार्यक्रममा रामेछापका स्रष्टाहरु डा […]