सरकारले ल्यायो बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक

सरकारले ल्यायो बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारले बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक ल्याएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभयो । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटमा बर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याएको हो । अर्थमन्त्री शर्माले बिधेययक प्रस्तुत गर्दै गर्दा एमालेका सांसदहरुले भने निरन्तर रुपमा बिरोध गरिरहेका थिए । संसदमा मर्यादापालक खटाएर सरकारले संसद अगाडी बढाएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच बैठकमा भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल समेत भाँचिएको छ ।

एमालेका सांसदहरुको नाराबाजीका कारण बैठक १५ मिनेट स्थगित भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिनुभएको थियो । त्यस समयमा एमालेका सांसद र मर्यादापालकहरुबीच घम्साघम्सी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार