रामेछापमा काँग्रेसको ६१ वडामा सर्वसम्मत नेतृत्व चयन,२ वडामा निर्वाचन,१ वडामा अझै लफडा

रामेछापमा काँग्रेसको ६१ वडामा सर्वसम्मत नेतृत्व चयन,२ वडामा निर्वाचन,१ वडामा अझै लफडा

रामेछापमा नेपाली काँग्रेसको ६१ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । हिजो भएको वडा अधिबेशनमा जिल्लाका ६४ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका ८ स्थानिय तहका ६४ वडामध्ये २ वटा वडामा निर्वाचन भएको हो । दोरम्बा गाउँपालिका २ दोरम्बा र मन्थली नगरपालिका १३ मा सहमति जुटन नसकेपछि निर्वाचन गरेर वडा अधिवेश सम्पन्न गरिएको उहाँले बताउनुभयो । जिल्लाको सुनापति गाउँपालिका २ दिमीपोखरीमा अभैै पनि लफडा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार