रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका–७ अधिकारी डाँडाकी ६५ वर्षीया काली अधिकारीको सोमबार भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार वडा कार्यालयबाट युरिया मल बोकी घर फर्किने क्रममा उनको धोरेढुंगो भिरबाट लडेर ज्यान गएको हो । घटनाको बारेमा […]

रामेछापमा भएको सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाए

रामेछापमा सोमबार एकैदिन भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुइ जनाले ज्यान गुमाएका छन भने दुइ जना घाइते भएका छन । जिल्लाको मन्थली नगरपालिका वडा नं ७ स्थित मन्थली घाट नजिक टिपर दुर्घटना भएको हो । बिहान अन्दाजी ६ बजेको समयमा टिपर दुर्घटना हुँदा टिपर चालक रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं ३ रस्नालुका अन्दाजी २३ […]

रामेछापको भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

रामेछाप जिल्लाको खाँडादेवी  गाउँपालिका वडा नं. ३ भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा.८९प. ४३८२ न. को मोटरसाईकलका चालक रामेछापको मन्थली नगरपालिका –२ कठजोर बस्ने बर्ष २६ को अशोक नेपालीको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आज (सोमबार) दिउँसो १ बजेको समयमा रामेछापबाट काठमाण्डौ जादै गरेको मोटरसाईकल […]

रामेछापको मन्थलीमा टिपर दुर्घटनामा हुँदा चालकको ज्यान गयो

रामेछापको मन्थली नगरपालिका वडा नं ७ स्थित मन्थली घाट नजिक टिपर दुर्घटना भएको छ । आज(सोमबार) बिहान अन्दाजी ६ बजेको समयमा टिपर दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा टिपर चालक रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं ३ रस्नालुका अन्दाजी २३ बर्षिय पवित्र बस्नेतको घट्नास्थमै ज्यान गएको छ । दुर्घटनामा परी घाइते भएका सहचालक दोलखा जिल्ला तामाकोसी […]

रामेछाप पुराना गाउँमा आगलागीबाट गम्भिर घाइते वृद्धको मृत्यु

रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानो गाउँमा आगलागीमा परी गम्भिर घाइते वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । बिहिबार बिहान ९ बजेको समयमा पुरानो गाउँ लामाटोलकी वर्ष ८५ की लालमाया तामाङ्ग आगलागीमा परि गम्भिर घाइते भएकी थिइन् । उनलाई स्थानिय र प्रहरीको सहयोगमा श्रीयरलाईन्स कम्पनीको हेलिकप्टर मार्फत बर्निङ अस्पताल काठमाण्डौँ पठाइएको थियो । उनको […]

कलेजो ट्रान्स्प्लान्टका लागि सहयोगको अपिल

रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ का ङने विश्वकर्माले आफ्नो उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गर्नु भएको छ । कलेजोमा खराबी आएपछि विश्वकर्माको अहिले किस्ट हस्पिटलमा उपचार भैरहेको छ । कलेजोमा खराबी आई काम गर्न छाडेपछि ट्रन्स्प्लान्ट गर्नुको बिकल्प नभएको चिकित्सकले सल्लाह दिएको पारिवारिक श्रोतले बताएको छ । कलेजो ट्रन्स्प्लान्टको लागि ठूलो रकम आवश्यक पर्ने […]

रामेछाप हिमगंगाका कलेजो पीडित खत्रीद्वारा सहयोगको अपिल

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका खिल बहादुर खत्रीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । कलेजो रोगबाट पीडित खत्रीलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । पारिवारिक स्रोतका अनुसार खत्रीको टिचिङ अस्पतालको सुरेश वाग्ले भवनको दोश्रो तल्लाको २३ नम्बर वेडमा उपचार भइरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेको ५१ […]

आगलागीबाट गम्भिर घाइते वृद्धलाई हेलिकप्टर मार्फत काठमाण्डौँ पठाइयो

रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानो गाउँमा आगलागीमा परी एक वृद्ध गम्भिर घाइते हुनुभएको छ । आज(बिहिबार) बिहान ९ बजेको समयमा पुरानो गाउँ लामाटोलकी वर्ष ८५ की लालमाया तामाङ्ग आगलागीमा परि गम्भिर घाइते हुनुभएको हो । आफ्नै बारीमा सुकेको पत्कर पोल्ने क्रममा अचानक उहाँको शरिरमा आगो सल्किदा उहाँ घाईते हुनुभएको हो । आगलागीबाट गम्भिर […]

मुहान सुक्दै गएपछि रामेछापका धेरै ठाउँमा खानेपानीको अभाव

खानेपानीका मुहान सुक्दै गएपछि रामेछापका धेरै ठाउँमा खानेपानीको अभाव हुन थालेको छ । यसै पनि सुख्खाग्रस्त क्षेत्र घोषित रामेछापमा पछिल्लो समय पानीका स्रोत सुक्दै गएपछि नागरिकलाई झनै सास्ती हुन थालेको हो । सदरमुकाम मन्थली नगरपालिका २ कठजोर गाउँमा धेरैजसो पानीका मुहान सुकेका छन् । सुकि नसकेका धारा र कुवामा पनि पानी कम मात्र आउन थालेपछि […]

रामेछापको कोलन्जोर घाट स्थित सुनकोशी नदिमा डुबेर एक पुरुषको मृत्यु

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुर कोलन्जोर घाट स्थित सुनकोशी नदिमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान अन्दाजी ८ बजेको समयमा निर्माणधिन पुलमा काम गर्ने मजदुरको नदिमा डुबेर मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ५ अकोटेका अन्दाजी वर्ष ५२ का बल बहादुर लामाको शव फेला परेको रामेछाप प्रहरीले […]