नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका एक सय बढी बिरामीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार भएको नाक,कान,घाँटी,नशा तथा मानसिक रोग शिविरमा एक सय बढीले सेवा लिएका छन । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पतालका सूचना अधिकारी रविन्द्र चौधरीले जानकारी दिनुभयो । शिविरमा नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका विरामीहरुले सेवा लिएको उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा प्रत्येक महिनाको अन्तिम बुधबार बिशेषज्ञ डाक्टरसँग […]

रामेछापमा छुट्टाछुट्टै घटनामा दुई पुरुषको मृत्यु

रामेछापमा छुट्टा छुट्टै घटनामा परी दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा एक युवक र एक वृद्ध रहेका छन । मामा घरबाट फर्किँदै गर्दा भीरबाट लडेर जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा एक युवकको ज्यान गएको हो । ज्यान गुमाउनेमा सोही पालिकाको वडा नं ७ लखनपुरका नेत्रबहादुर घतानीका २२ वर्षीय छोरा विशाल घतानी रहेका छन् । […]

रामेछाप नगरपालिकामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा तालिका सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालयको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । यहि चैत्र २ गतेबाट कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परीक्षा संचालन हुने नगरपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ । नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको सुचनामा बिहान १० बजेदेखी परीक्षा संचालन हुने बताइएको छ […]

मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन कार्यालय रामेछापको अनुरोध

रामेछापमा मतदाता नामावली विवरण अध्यावधिक सुरु गरिएको छ । आगामी २०८१ वैशााख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्नेछ । अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट सङ्कलित नामावलीको अद्यावधिक तथा दावी विरोधको प्रक्रिया सुरु गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको […]

रामेछापको सुकाजोरमा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । वडा कार्यालयको आयोजना र सकृय सुकाजोर महिला संजालको सहजीकरणमा भएको कार्यक्रममा जनचेतनामूलक गित तथा कविता वाचन,हाँडी फुटाउने खेल,मिउजिकल चियर,सडक नाटक जस्ता कार्यक्रमहरु […]

अपाङ्गता भएका व्यक्तिहरुका लागी ५ दिने बाटेको धुप बनाउने तालिम सुरु

रामेछापमा अपाङ्गता भएका व्यक्तिहरुका लागी ५ दिने बाटेको धुप बनाउने तालिम बिहिबार(आज) देखी सुरु भएको छ । रामेछाप नगरपालिका वडा नं ७,८ र ९ का अपाङ्गता भएका व्यक्तिहरुका लागी तालिम संचालन गरिएको हो । अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापको आयोजना र समाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँको सहयोगमा तालिम संचालन गरिएको हो । तालिमको उद्धघाटन […]

रामेछाप नगरपालिकामा पीपीआर विरुद्धको खोप अभियान जारी

रामेछापको रामेछाप नगरपालिकामा बाख्रालाई लाग्ने पीपीआर रोगविरुद्धको खोप अभियान चलिरहेको छ । पीपीआर नियन्त्रण तथा रोकथामका लागि सो खोप अभियान संचालन गरिएको नगरपालिकाका पशु स्वास्थ्य अधिकृत काजी शेर्पाले जानकारी दिनुभयो । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता परिचालन गरी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । पीपीआर बाख्रामा लाग्ने एक खालको हैजा हो । यो रोग लागेपछि बाख्रालाई […]

रामेछापको ओख्रेनी र रामपुरमा भएको महिला प्रजनन स्वास्थ्य शिविरमा २९० जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुर र वडा नं ६ ओख्रेनीमा महिला प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । रामेछाप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा २ सय ९० जनाले सेवा लिएका हुन । यहि १९ गते शनिबार रामपुर स्वास्थ्य चौकी र २० गते आइतबार ओख्रेनी स्वास्थ्य चौकीमा निशुल्क महिला प्रजनन स्वास्थ्य शिविर संचालन […]

जिल्ला स्वास्थ्य कार्यालय रामेछापद्वारा सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान

जिल्ला स्वास्थ्य कार्यालय रामेछापले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार वडा कार्यालयमा एक कार्यक्रम गरी विभिन्न सामाग्री सहित जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीको समन्वयमा वडाका ८० वर्ष नाघेका ८४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो […]

रामेछाप नगरपालिकामा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा मेसिनद्वारा दुना टपरी बनाउने तालिम शुक्रबार(आज) बाट सुरु भएको छ । रामेछाप विजनेश एण्ड प्रोफेशनल वमेनको आयोजना र रामेछाप नगरपालिकाको समन्वयमा ७ दिने दुना टपरी बनाउने तालिम सुरु भएको हो । तलिम उद्धघाटन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले वन जंगल,पाखापखेरामा खेर गैरहेका सालको पातलाई प्रयोगगरी महिलालाई स्वरोजगार बनाउने उद्धेश्यले […]