आज बडादसैँको दोस्रो दिन, माता भगवती ब्रह्मचारिणीको पुजाआजा गरिँदै
बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पुजाआजा गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पुजाअर्चना गर्ने प्रचलन रहिआएको छ । शक्तिपीठहरूमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । […]

