रामेछाप दुरागाउँ बसेरीमा ट्याक्टर दुर्घटना १ जनाको ज्यान गयो,२ जना घाईते

रामेछाप दुरागाउँ बसेरीमा ट्याक्टर दुर्घटना १ जनाको ज्यान गयो,२ जना घाईते

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नंं १ दुरागाउँ बसेरीमा आज ट्याक्टर दुर्घटना भएको छ । आज साँझ भएको दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन ।

उक्त दुर्घटनामा परी वर्ष ५४ का उद्धवराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा दुर्गाबहादुर भुजेल र उहाँको श्रीमती मीनकुमारी भुजेल घाईते हुनुभएको छ ।

उहाँहरुलाई उपचारको लागी मन्थली ल्याउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टरमा ४ जना सवार थिए । ट्याक्टर चालक दिपेन्द्र थापा भने सकुशल रहेको प्रहरी प्रवक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो । चालक थापालाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार