नेपालमा पहिलो पटक पत्रकारलाई सम्मान र प्रोत्साहन गर्न ’नेपाल मिडिया अवार्ड’ हुने

नेपालमा पहिलो पटक पत्रकारलाई सम्मान र प्रोत्साहन गर्न ’नेपाल मिडिया अवार्ड’ हुने

पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक ’मिडिया अवार्ड’ हुने भएको छ । ड्रिम हई नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासङ्घको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो । ’नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार