रामेछाप नगरपालिकाको २ वटा वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप नगरपालिकाको २ वटा वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप नगरपालिकाले २ वटा एम्बुलेन्स खरिद गरेको छ । उक्त एम्बुलेन्स आज २ वटा वडाका वडाअध्यक्षलाई हस्तान्तरण गरिएको हो । भन्सार छुट सहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैँयामा खरिद गरिएको दुईवटा एम्बुलेन्स आज वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरलाई हस्तान्तरण गरिएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगर र उपप्रमुख सृजना खड्काले उक्त एम्बुलेन्सको साँचो वडा नं १ का वडाअध्यक्ष नर ब थापा क्षेत्री र वडा नं ५ का वडाअध्यक्ष भिम ब तामाङलाई हस्तान्तरण गर्नुभयो ।

यस अघि २ वटै वडामा एम्बुलेन्स नहुदा विरामीलाई निकै समस्या हुने गरेको थियो । अब भने त्यहाँका नागरीकहरुले एम्बुलेन्स नभएर अकालमा ज्यान गुमाउने समस्याको समाधान हुने वडाअध्यक्ष भिम ब तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार