अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने,यदि छाडा छोडेमा कारबाही हुने
रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा स्थानियले कुखुरा छाडा छोडेर पाल्दा दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयले सुचना जारी गरेको छ । वडा कार्यालयले जारी गरेको सुचनामा स्थानियले पाल्दै आएको घरपालुवा जनावर,पशुपंक्षी लगायत घर निर्माणका लागी सडक छेउछाउमा राखिएका निर्माण सामग्रीहरु एक हप्ता भित्र हटाउन भनिएको छ । […]