पर्यटन व्यवसायीक सहकारीको खुद नाफा २९ लाख ८४ हजार

पर्यटन व्यवसायीक सहकारीको खुद नाफा २९ लाख ८४ हजार

पर्यटन व्यवसायीक सहकारी संस्थाको १२ औँ साधरण सभा सम्पन्न भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुमा संञ्चालनमा रहेको सहकारीको १२ औं साधरण सभा शनिबार माकादुममा सम्पन्न भएको हो ।

साधारण सभा कार्यक्रममा उक्त संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २९ लाख ८४ हजार १२६ रुपैयाँ खुदा नाफा कमाउन सफल भएको जानकारी गराइएको छ ।
शनिवार भएको साधरणसभामा कोषाध्यक्ष कमल महतले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संस्थाको सेयर पुजीँ १ करोड ६४ लाख ९ हजार ६ सय पुगेको उल्लेख छ । साथै प्रतिवेदनमा हाल ३ हजार ७ सय ५० जना सेयर सदस्य रहेको समेत उल्लेख गरिएको छ ।

संस्थाले हाल सम्ममा ८ करोड ४ लाख ४६ हजार ७८१ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थामा ७ करोड ८० लाख ९४हजार ९९३ रुपैयाँ बचत सङ्कलन गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका अध्यक्ष नर बहादुर बुढाथोकीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङगेलको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरि साधारणसभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार