निशान सहकारीको अध्यक्षमा सुमन कुमार श्रेष्ठ चयन

निशान सहकारीको अध्यक्षमा सुमन कुमार श्रेष्ठ चयन

निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुक्रबार १० औँ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । रामेछाप नगरपालिका ८ रामेछाप बजारमा रहेको सहकारीको चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा क्रमश अध्यक्ष सुमन कुमार श्रेष्ठ,उपाध्यक्ष सुजन घिमिरे,सचीव अपना कुमारी श्रेष्ठ,कोषाध्यक्ष अमित कुमार तामाङ रहेका छन । यसैगरी सदस्यहरुमा क्रमश भागवत लामा,जीवन कुमार श्रेष्ठ,बिन्दा कार्की र हरि कुमार कार्की चयन भएका हुन । लेखा समिति संयोजकमा हरिचन्द्र श्रेष्ठ र सदस्यहरुमा सीता तामाङ र चन्द्र मगर चयन हुनुभयो ।

१० औँ साधारणसभा तथा चौथो अधिवेशन कार्यक्रमको अवसरमा संस्थाका सदस्यहरुका लागि चिट्ठा कार्यक्रम राखिएको थियो । चिट्ठा पर्ने सदस्यहरुले विभिन्न पुरस्कारहरु प्राप्त गरेका छ्न । चिट्ठा कार्यक्रममा प्रथम हुन सफल शंकर बस्नेतले ग्याँस चुलो प्राप्त गर्नुभयो । राशि कार्कीले द्वितीय पुरस्कार स्वरुप वाटर डिस्पेन्सर प्राप्त गर्नुभयो । त्यसैगरी तृतीय हुँदै सन्जिव श्रेष्ठले तामाको गाग्री प्राप्त गर्नुभयो । चिट्ठा कार्यक्रममा अन्य १० जना संस्थाका सदस्यहरुले विभिन्न पुरस्कार पाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार