मर्स्याङ्दी नदीमा बेपत्ता भएका रामेछापका महत अझै फेला परेनन्

मर्स्याङ्दी नदीमा बेपत्ता भएका रामेछापका महत अझै फेला परेनन्

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रे भिरबाट मर्स्याङ्दीमा खसेर बेपत्ता भएका रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, विजुलीकोटका अनन्त महतको अवस्था अझै अज्ञात छ । लमजुङको बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब गर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खस्नुभएको थियो ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । यहि पुस १५ गतेदेखी बेपत्ता भएका महतको खोजि कार्य भैरहेको भएपनि फेला पार्न नसकिएको लमजुङ प्रहरीले जनकारी दिएको छ । महत सशस्त्र प्रहरीको २२ नम्बर गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नम्बर गुल्म हेडक्वार्टर चामे मनाङ जाँन लाग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार