मिटर ब्याज सम्बन्धी उजुरी दिन रामेछाप प्रशासनको आग्रह

मिटर ब्याज सम्बन्धी उजुरी दिन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले मिटर ब्याज सम्बन्धी उजुरी दिन आईतबार आह्वान गरेको छ । यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको रामेछाप प्रशासनले जनाएको छ । भएसम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ । वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार