आजको मौसम हिमाली क्षेत्रमा हिमपात र तराईमा कुहिरो लाग्ने

काठमाण्डौ उपत्यकामा आज पनि तापक्रम घटेको छ । केही दिनदेखि नियमित तापक्रम घटेर हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको काठमाण्डौमा आज २ दशमलव ९ डिग्रीमा झरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी ठाउँहरुमा सामान्य कुहिरो लागेको छ । आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् समिर […]

नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने जनाएको छ । अब अवधि नथपिने भएकाले अनुदान सम्झौता गरेर बसेकाले आगामी पुस १५ गतेभित्रै अनुदान नलिए स्वतः लाभग्राहीको सूचीबाट नाम हट्ने प्राधिकरणले जनाएको छ । घर बनाउनेले माघ मसान्तसम्म दोस्रो र वैशाख मसान्तसम्म तेस्रो किस्ताका लागि आवेदन दिइसक्नुपर्छ । प्राधिकरणका अनुसार […]

पहाडीसहित विभिन्न स्थानको मौसमसामान्य बदली हुने

मुलुको पहाडीसहितविभिन्न स्थानको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपालमा पनि परेको मौसमविदले बताएका छन् ।अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अरु स्थानमा मौसम सामान्यतय सफा छ […]

संघसरकारले कार्यविधी बनाएपछि मन्थली नगरपालिकामा पठनपाठनको तयारी

रामेछापको मन्थली नगरपालिकाले पठनपाठनको तयारी गरेको छ । नगरपालिकाले विद्यार्थी सिकाई सहजीकरणका माध्यमबाट पठनपाठनलाई नियमित गर्ने तयारी गरेको मन्थली नगरपालिकामा प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयदेखी अवरुद्ध पठनपाठन नगरपालिकाको शिक्षा समितिको बैठक बसि विद्यार्थी सिकाइ सहजीकरण […]

स्नातक तहको स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा मङसिर असन्तिम साता हुने भएको छ । स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको तयारी छ । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय […]

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनको आग्रह

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनले आग्रह गरेको छ । जिल्ला भित्र कोभिड १९ को संक्रमणलाई मध्यनजर गरि तिहारको अवसरमा जिल्लाका कुनैपनि स्थानमा मानिसहरु जम्मा भई देउसी भैलो खेल्ने तथा नाचगान गर्ने कार्यलाई पुर्ण निषेध गरिएको प्रशासनले जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सुचना जारी गर्दै पटका पड्काउने, जुवातास खेल्ने […]

युवा परिषद्ले देशभरका बेरोजगारलाई उद्यमशिल बनाउन तालिम दिने

युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्ले स्थानीयस्तरमा बेरोजगार युवालाई उद्यमशिल बनाउन अभियान चलाउने भएको छ ।युवाहरुको रुचि र आवश्यकताका आधारमा उनीहरुलाई तालिम दिने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो ।उहाँका अनुसार परिषद्को संयोजन र बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थासँगको समन्वयमा युवाहरुलाई तालिमको आयोजना गरिनेछ । बेरोजगार युवाको आवश्यक र रुचि पहिचान […]

निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान संझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ । त्यसैगरी, […]

गौरीशङकर माविले कक्षा ११ को परीक्षा कार्तीक २३ गतेदेखि सन्चालन गर्ने

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन गर्ने भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा यहि कार्तीक २३ गतेदेखि सन्चालन गरिने विद्यालय प्रशासनले एक सुचना जारी गरी […]

आज सामान्यतया मौसम सफा रहने पूर्वानुमान

मुलुकका अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने आंशिक बलदी हुने भएको छ । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले […]