रामेछाप नगरपालिकाका सबै बजारहरुमा आज राती १२ बजे देखी निषेधाज्ञा जारी

रामेछाप नगरपालिकाका सबै बजारहरुमा आज राती १२ बजे देखी निषेधाज्ञा जारी

रामेछापको रामेछाप नगरपालिकाले आज राती १२ बजे देखी लागुहुने गरी  नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिरहेकोे कोभिड–१९ को संक्रमण नेपाल सहित रामेछापमा पनि फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा सोमबार बसेको बैठकले रामेछाप बजार,साँघ्ुटार बजार लगायत नगरका सबै बजारहरु २७ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो । साथै अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न समेत निषेध गर्ने निर्णय भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिकाको बजारहरु र गोकुलगंगा गाउँपालिकाको १,४ र ५, नम्बर वडालाई जोखिम युक्त क्षेत्र तोकी निषेधाज्ञा जारी भइसकेको छ । रामेछाप प्रशासनले पनि रामेछाप नगरपालिकाको बजारहरुमा नगरपालिकाले निर्णय गरेअनुसार सोही बमोजिम निषेधाज्ञा जारी गर्न भनेको छ ।

निषेधाज्ञामा गर्न पाईने र नपाईने कुराहरु : 

निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन, हिडडुल गर्न पुर्ण रुपमा रोक लगाइने छ । एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु सञ्चालन हुने छन् ।

औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेका , अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग भएका, निर्माण सामाग्री बोकेका, परिचयपत्र बोकेका , प्र्रेसपास तथा परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनहरु सञ्चालन हुने छन् ।बिचमा चढाउने, ओराल्ने नगर्ने गरी राजमार्ग चल्ने लामो दुरीका सवारी साधन बाहेक निषेधाज्ञा गरिएको क्षेत्रमा आन्तरिक सार्वजनिक तथा निजी यातायातका साधनहरु पुर्ण रुपमा बन्द गर्ने बैठकले निणर्य गरेको छ ।

खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी र ग्यास लगायतका अत्यावश्कीय पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुर्ण रुपमा पालना गरी बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

बैङ्क तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवाहरु मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपमा पालना गर्ने गरी न्यूनतम कर्मचारीबाट सेवा प्रवाहको व्यवस्था मिलाउने, अत्यावश्क कार्यमा जिल्लाको प्रवेश नाकाहरुबाट प्रेवश गर्ने जिल्लाभित्रका नागरिकहरुलाई सम्बन्धित पालिका तथा वडाको क्वारेन्टीन तथा आइसोलेसनमा राख्ने सुनिश्चितता सहितको सिफारिस भएकोलाई बाहेक जिल्ला प्रवेशमा रोक लगाइने बैठकले निर्णय गरको छ ।

निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० तथा स्थानिय प्रशासन ऐन,२०२८ बमोजिम कारबाहि गरिने सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार