देशका विभिन्न भागमा मौसम बदलीःमौसम विभाग

देशका विभिन्न भागमा मौसम बदलीःमौसम विभाग

जलतथा मौसम विज्ञान विभागले आज पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई वर्षा हुने बताएको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

विभागले आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण दैनिक जसो वर्षा भएको बताएको छ।

म्हाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना समेत रहेको बुलेटिनमा उल्लेख छ ।

यस्तै आजराति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार