आगामी दुई तीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग

आगामी दुई तीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली हुने बताएको छ । महाशाखाले गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको बताउनुभयो ।

उहाँले हाललाई केहि समयका लागि वर्षा रोकिएपनि दिउँसो वा अपराह्नपछि भने देशभरकै पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । मौसमविद् श्रेष्ठका अनुसार २÷३ दिनसम्म यस्तै मौसमको सम्भावना रहेको छ ।

मौसम बदली हुने र दिउँसोपछि मेघगर्जनसहित वर्षा हुने क्रम जारी रहने देखिएको भन्दै उहाँले सतर्क रहन पनि आग्रह गर्नुभयो । विभागले बिहान जारी गरेको बुलेटिनमा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार