आजदेखी रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

आजदेखी रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निशेधाज्ञा गर्ने भएको छ । आज राती १२ बजेदेखि लागू हुनेँ गरि जिल्लाभर निशेधाज्ञा हुने प्रशासनले जनाएको छ । जिल्लामा निश्चित क्षेत्र तोकेर मात्रै निशेधाज्ञा जारी गरिएको थियो तर आज राति १२ बजेदेखि लागू हुनुगरी जेठ ९ गते राती १२ बजेसम्म निशेधाज्ञा गर्न लागिएको प्रशासनले एक सूचना प्रकाशित गरि जानकारी दिएको छ ।

हिजो बसेको बैठकले जिल्लाभर निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका बजार क्षेत्रहरू र गोकुलगंगा गाउँपालिकाको केही वडाहरुमा निशेधाज्ञा गरिएको थियो ।

यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ । औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय बन्द गर्न÷गराउन आदेश जारी गरिएको छ । अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा काम गर्न भनिएको छ ।

निषेधाज्ञामा बिहान ६ बजेदेखी विहान ९ बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुनेछन् । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

                       

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार