गजल ‘सन्ध्या’
वेदनाको राफमा पिल्सिएको वेला हेर्दै थियो दुनियाले अर्को एउटा मेला तमासापो हुँदै थियो तड्पाएर मलाई विधाताले गर्दै थियो अर्को ठूलो झेला अनायासै बदलियो जिन्दगीको रुप सपना झैँ लाग्यो सबै नियतीको खेला अस्ताउन सकिएन ‘सन्ध्या’ नभई एकान्तमा बस्न पनि भयो अवेला टुक्रिएको सपनालाई समेटेर आफैँ धैर्यताले तान्न थाले जिन्दगीको ठेला ।।

