त्यागको एऊटा संकथन

त्यागको एऊटा संकथन

म एक्लो थिए
निराशताको झुण्डमा
फेरी तिम्रो
रंगहीन सिउदो चुमे

फगत झ्याऊकिरीहरू सँग
चिसो चिसिएको सडकमा
लतारिएका समयको
मञ्जिलहरू सँग
तिर्खाएको हृदय बोकेर
प्रभुत्वमा आफैलाई जलाए

स्वप्न समयलाई भिरेर
निर्बस्त्रताको कुटिल तिम्रो
चुट्काहरू सँग
मौन धुमधुमाई रहे
निराशताको झुण्डमा
फेरी तिम्रो
रंगहिन सिउदो चुमे

कालो धुवाहरूमा
त्यो असभ्यहरूको शहर

शीत युद्ध त भईरहेकै थियो
नक्कली अस्थित्वहरूको
बिजारोपन त भईरहेकै थियो
बहुरूपी प्रदर्शनहरू त
प्रदर्शन भईरहेकै थियो

चिसो चिसिएको सडकमा
आलो हृदय लिएर
फेरी तिम्रो
रंगहिन सिउदो चुमे

कवि : नविन गाउँले रामेछाप ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार